दफा १८९
अनुसन्धान समितिको व्यवस्था
यस संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अपराध संहिताको दफा ९९ बमोजिमको बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गरेको कसूरको सम्बन्धमा परेको उजुरीको अनुसन्धान देहाय बमोजिमको समितिले गर्नेछः–
(क) महान्यायाधिवक्ताले तोकेको कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीको सहन्यायाधिवक्ता – अध्यक्ष
(ख) नेपाल सरकारले तोकेको नेपाल सरकारको कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत – सदस्य
(ग) नेपाल सरकारले तोकेको नेपाल प्रहरीको कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीकोे अधिकृत – सदस्य
(२) उपदफा (१) बमोजिमको समितिले अनुसन्धान गर्दा त्यसरी बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गरेको देखिएमा त्यस सम्बन्धमा मुद्दा चलाउन सम्बन्धित सरकारी वकिलको कार्यालयलाई लेखी पठाउनेछ ।
(३) यस संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अपराध संहिताको दफा २३१,२३२,२३३ र २३८ बमोजिमको कसूरको अनुसन्धान देहाय बमोजिमको समितिले गर्नेछ:-
(क) नेपाल मेडिकल काउन्सिलले तोकेको सम्बन्धित विज्ञ चिकित्सक            – संयोजक
(ख) स्वास्थ्य सम्बन्धी विषय हेर्ने नेपाल सरकारको  मन्त्रालयले तोकेको नेपाल स्वास्थ्य सेवाको सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेको कम्तीमा एघारौँ तहको अधिकृत    –  सदस्य
(ग) महान्यायाधिवक्ताले तोकेको सहन्यायाधिवक्ता  – सदस्य
(घ) गृह मन्त्रालयले तोकेको नेपाल प्रहरीको  कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत             – सदस्य
(ङ) उपभोक्ता हकहितको क्षेत्रमा क्रियाशील व्यक्तिमध्येबाट स्वास्थ्य सम्बन्धी विषय हेर्ने नेपाल सरकारको    मन्त्रालयले तोकेको एकजना                           – सदस्य
(४) उपदफा (३) बमोजिमको समितिले अनुसन्धान गर्दा सम्बन्धित व्यक्तिले कसूर गरेको प्रमाण भेटिएमा निज विरुद्ध मुद्दा चलाउन सम्बन्धित सरकारी वकीलको कार्यालयलाई लेखी पठाउनेछ ।